अभिमन्यु : च्याप्टर १'को पोस्टरमा कामेश्वर र लक्ष्मी

श्रावण १२, २०८२

कान्तिपुर संवाददाता

Abhimanyu: Kameshwar and Lakshmi in Chapter 1 poster

काठमाडौँ — फिल्म 'अभिमन्यु : च्याप्टर १'को पोस्टर सार्वजनिक भएको छ । फिल्मको प्रदर्शन नजिकिँदै जाँदा निर्माण पक्षले फिल्मको दुई पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा फिल्मका मुख्य कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठ देखिन्छन् ।  

केही दिनअघि मात्रै फिल्मको मोसन टिजर सार्वजनिक भएको थियो । भदौ २७ मा प्रदर्शनमा आउने यो फिल्ममा हिन्दी भर्सनमा समेत प्रदर्शन गरिने जनाइएको छ । हिन्दी भर्सन असोज ६ मा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ । फिल्ममा पैसाको प्रलोभनमा परेपछि त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको सङ्घर्षको देखाइएको छ । 

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो । मुकेश खनालको लेखन रहेको फिल्ममा शरद महतोको छायांकन, सुप्रिम पराजुली रंग संयोजन, मदन घिमिरेको सम्पादन छ ।

कान्तिपुर

Link copied successfully