'क्याप्टेन साब'को छायांकन सुरु

श्रावण ११, २०८२

कान्तिपुर संवाददाता

Filming of 'Captain Saab' begins

काठमाडौँ — दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म 'क्याप्टेन साब'को छायांकन सुरु भएको छ । काभ्रेपलाञ्चोकबाट फिल्मको छायांकन सुरु गरिएको जानकारी निर्माण पक्षले दिएको छ । 

कृष्णबहादुर थापाले फिल्मलाई खिच्ने यो फिल्मको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । यो फिल्म क्याप्टेन रामेश्वर थापाको जीवनीमा आधारित फिल्म हो । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहने यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । 

निर्देशक खनालले यो फिल्म निकै फरक स्वादको हुने दाबी गर्दै आएका छन् । क्याप्टेन थापाको संस्मरणात्मक कृति 'इन्टो द फायर'(बारुदमाथि उड्दा)मा आधारित भए पनि उनको जीवनका उतारचढावलाई फिल्ममा समेटिने बताइएको छ ।

कान्तिपुर

Link copied successfully