'मितज्यू'मा सौगात मल्लको इन्ट्री !

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

Saugat Mall's entry in 'Mitjeo'!

काठमाडौँ — अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा सौगात मल्ल अनुबन्धित भएका छन्। निर्माण पक्षले बिहीबार मलुललाई औपचारिक रूपमा अनुबन्ध गरेको घोषणा गरेका हुन् । 

फिल्ममा यसअघि नै दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। फिल्मका लागि अन्य कलाकार तय गर्ने क्रम अझै जारी रहेको निर्माण पक्षले जनाएको छ । यो फिल्मको कथा महेश राईले लेखेका हुन् । 'घरज्वाइँ'का निर्माता जनक घर्ती मगर यो फिल्मका निर्माता हुन् ।  

शिशिर बिशङ्खेले खिच्ने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन हुने जनाइएको छ । निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ मा प्रदर्शनमा ल्याउने तयारी छ ।

कान्तिपुर

Link copied successfully