महेशको पितास्मरणमा कृष्णको गीत

श्रावण ९, २०८२

कान्तिपुर संवाददाता

Krishna's song in memory of Mahesh's father

काठमाडौँ — गीतकार महेश आचार्यको शब्द रचना रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पितास्मरण गर्दै आचार्यले लेखेको गीतमा कृष्ण भट्टराईको संगीत तथा गायन छ ।

पिताको अभावमा विचलित एक सन्तानको पीडा गीतमा दर्शाइएको छ । स्वाभिमानको शिर ढल्न नदिने र सत्मार्ग देखाउने सम्पूर्ण पिताप्रतिको सम्मानका रुपमा गीत आएको गीतकार आचार्यले बताए । 

गीतलाई भक्तपुरको दुवाकोट आसपास छायांकन गरिएको हो । गीतमा गायक कृष्ण भट्टराईसहित गीतकार आचार्य, दीपक राई, हरिमाया भट्टराईको अभिनय छ । 

विश्व अधिकारीको एरेन्ज रहेको गीत हास्यकलाकार गोपाल ढकाल (छन्दे) ले निर्देशन तथा सम्पादन गरेका हुन् । 

कान्तिपुर

Link copied successfully