'रिमै'को टिजरमा चर्चित जोडी दया र रिश्मा

श्रावण ६, २०८२

कान्तिपुर संवाददाता

The famous couple Daya and Rishma in the teaser of 'Reimai'

काठमाडौँ — खिल बहादुर गुरुङ निर्देशित फिल्म 'रिमै'को टिजर सार्वजनिक भएको छ । २ मिनेट लामो टिजरमा कथाका रहस्य, भावना र रोमाञ्चक पाटा समेटिएका छन् । 

यो फिल्म भदौ २० बाट प्रदर्शनमा आउने तय भएको छ । यसअघि भदौ २७ मा प्रदर्शन गरिने भनेको फिल्म एक हप्ता अगाडि सारिएको हो । 

यो फिल्ममा 'कब्बडी'बाट चर्चा कमाएको जोडी दयाहाङ राई, रिश्मा गुरुङको मुख्य भूमिका छ । उनी दुईसँगै फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरलगायतको अभिनय छ ।

उपेन्द्र सुब्बाद्वारा लिखित यो फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दीपक शर्मा र थानेश्वर गौतमको संगीत छ । 

कान्तिपुर

Link copied successfully