What you should know
काठमाडौँ — भदौ ६ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'माग्ने राजा'को गीत सार्वजनिक भएको छ । फिल्मको 'म त सुतेर उठेको पैसामा'बोलको गीत सार्वजनिक भएको हो ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सनविक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का देखिएका छन् । गीतको एउटा दृश्यमा माग्नेको उपनामले चिनिने केदार पैसै पैसा ओढेर निदाइरहेका देखिन्छन् । गायक बाबुल गिरीको स्वर रहेको गीतमा गम्भीर विष्टको कोरियोग्राफी छ ।
ऋषि लामिछानेले फिल्मलाई निर्देशन गरेका हुन् । यो उनको ८ वर्षपछिको कमब्याक हो । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा केदार र वर्षासँगै पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र पवित्रा साकी (मिस पबी)को अभिनय छ । नरेन्द्र मैनालीले खिचेको फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ ।
आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद अनि दीपक शर्मा बाबुल गिरीको संगीत छ ।
