What you should know
काठमाडौँ — अस्कर इन्टरनेसनल कलेजमा 'फिल्म साक्षरता' अभियान सम्पन्न भएको छ । आइतबार कलेज परिसरमा सम्पन्न अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकनलगायतका विविध विधामा आधारभूत छलफल, सिकाइ भएको छ ।
सुरज कटुवाल, परासर वाग्ले, नवीन न्यौपाने लगायतका शिक्षकहरूले विद्यार्थीलाई फिल्मबारे आफ्ना अनुभव र अनुभूति बाँड्ने काम गरे । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मको अभियानमा कलेजका विद्यार्थीहरूद्वारा बनाइएका दुई छोटा फिल्मसमेत प्रदर्शन गरिए ।
कार्यक्रममा फिल्ममा इच्छुक नयाँ पुस्ताका झन्डै ४० विद्यार्थी उपस्थित थिए । दुई दशकदेखि फिल्म अध्यापन गराउँदै आएको अस्करले फिल्म साक्षरता अभियान काठमाडौंभित्र र बाहिर वर्षैपिच्छे गर्दै आइरहेको छ ।
