What you should know
काठमाडौँ — दिपकराज विश्वकर्माको शब्द तथा संगीत रहेको ‘चोर्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको स्वर रहेको छ ।
माया, प्रेम र धोलाई मुख्य विषय बनाइएको गीतको म्युजिक भिडिया पनि विश्वकर्माले नै निर्देशन गरेका हुन् । भिडियोमा उनीसहित मोडल आश्मा विश्वकर्मा र बिजु पाकीको अभिनय देख्न सकिन्छ ।
म्युजिक भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् । गीत गायक गजमेरको अफिसियल युट्युब च्यानल ‘नारायण गजमेर’बाट सार्वजनीक गरिएको छ । विश्वकर्माको बग्यो गण्डकी, कस्ले बनायो पैसा भन्ने चिज, चाहिँदैन तिमी बिनाको सुनैको दरबार जस्ता गीतहरु बजारमा आइसकेका छन् ।
