अस्करमा फिल्म साक्षरता अभियान

श्रावण २, २०८२

कान्तिपुर संवाददाता

Film Literacy Campaign at the Oscars

What you should know

काठमाडौँ — दुई दशकदेखि फिल्म अध्यापन गर्दै आएको 'अस्कर इन्टरनेसनल कलेज'ले साउन ४ बाट फिल्म साक्षरता अभियान सञ्चालन गर्दैछ ।

कलेज परिसरमा हुने एक दिने साक्षरता अभियानमा निर्देशन, पटकथा लेखन, अभिनय, छायांकनलगायतका विभिन्न विधाका आधारभूत विषय सिकाइने प्रधानाध्यापक रामराजा दाहालले बताए । 

बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म साक्षरता अभियानमा कलेजका विद्यार्थीद्वारा बनाइएका फिल्मसमेत प्रदर्शन हुनेछन् । यसअघि पनि अस्करले नेपालका १० ठूला सहरमा देशव्यापी फिल्म साक्षरता अभियान चलाइसकेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully