What you should know
काठमाडौँ — फिल्म 'परि-वार' बन्ने भएको छ । फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्म घोषणा गरेको हो । मदन थापाको निर्देशनमा बन्ने फिल्मको छायांकन काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा हुनेछ ।
यसअघि निर्देशक थापाले 'बाटो : रोड टू डेथ' निर्देशन गरेका थिए । 'परि-वार'मा अनुबन्धित कलाकारबारे जानकारी खुलाइएको छैन । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा भने चार पात्रको चित्र अंकित छ । जहाँ एउटा परिवारको चित्र समेटिएको छ । फिल्मले कस्तो परिवारको कथा पर्दामा ल्याउला ? त्यो भने प्रतीक्षाको विषय बनेको छ ।
फिल्मको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन् । निरज कँडेलले खिच्ने यो फिल्मका निर्माता किरण रिजाल, रमेश साही, भिसाका विक्रम थापा र स्प्रान्जा कँडेल हुन् ।
