काठमाडौँ — मण्डला थिएटरमा अहिले २ नाटक एकसाथ मञ्चनरत छन् । मणि कुलुङ राईको निर्देशनमा बनेको 'हराएको कुकुर' र सन्दीप श्रेष्ठ निर्देशित 'चन्द्रेलाई कस्ले मार्यो ?' मञ्चनरत नाटक हुन् ।
रबिन तामाङको नाट्य रुपान्तरण रहेको नाटक 'हराएको कुकुर' असार २१ देखि मञ्चनमा आएको हो । यो नाटक साउन ४ सम्म मञ्चनमा आउनेछ । सन्दीपको लेखन तथा परिकल्पनामा बनेको नाटक 'चन्द्रेलाई कस्ले मार्यो ?' भने साउन १८ सम्म मञ्चनमा आउनेछ ।
यो नाटक असार २५ देखि मञ्चन मा आएको हो । यो नाटकमा यौनिक तथा अल्पसैंख्यक समूदायको कथा र पीडा समेटिएको छ । 'हराएको कुकुर'ले राज्य संरचनामाथि व्याप्त अन्याय, नागरिक आवाजमाथिको दमन समेटिएको छ । यी दुवै नाटकलाई युवा निर्देशकले निर्देशन गरेका हुन् ।
