फरक अवतारमा नाजिर !

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Nazir in a different avatar!

काठमाडौँ — नाजिर हुसेन अब्बल अभिनेताका रुपले चर्चित छन् । उनी हरेक फिल्ममा फरक अवतार धारण गरिरहेका हुन्छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म 'गुन्यो चोलो' नाजिरको फरक अवतारका कारण पनि उनका प्रशंसकबीच प्रतिक्षित बनेको छ । 

यो फिल्ममा उनी यौनिक तथा अल्पसैंख्यक समुदायको चरित्रमा देखिँदैछन् । हालै निर्माण टिमले फिल्मको 'म फूल हुँ कि काँडा'बोलको गीत सार्वजनिक गरेसँगै नाजिरको प्रशंसा गर्ने बढेका छन् ।

लेखु सहयात्रीको शब्दरचना र मनिषा पोखरेलको स्वर समावेश गीतको भिडियोमा नाजिरको महिला अवतार देखिएको छ । रातो लेहेंगा र श्रंगारमा सजिएकी यो महिला पात्रको भूमिकाले पनि दर्शकबीच 'गुन्यो चोलो'को चर्चा बढेको छ । गीतको भिडियोमा नाजिरसँगै अभिनेता सुशील सिटौलामा पनि देखिएका छन् । 

फिल्म भदौ १३ देखि प्रदर्शनमा आउने बताइएको छ । समुन्द्र भट्टको निर्देशन बनेको यो फिल्ममा लैंगिक अल्पसंख्यक समुदायको कथा समेटिएको छ । यो फिल्ममा नाजिर पारालैंगिक महिलाको भूमिकामा देखिँदैछन् । फिल्ममा नाजिरसँगै कलाकारहरु सञ्चिता लुइँटेल, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको प्रमुख भूमिका छ । 

कान्तिपुर संवाददाता

Link copied successfully