Live

के भइरहेको छ 'नेसनल म्युजिक अवार्डस्' मा ?

असार २८, २०८२

कान्तिपुर संवाददाता

What is happening at the 'National Music Awards'?

15 Updates

(06:13 PM)

शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान

‘नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा दीर्घ साधना सम्मान संगीतकार शम्भुजित बास्कोटालाई प्रदान गरिएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया र निर्देशक स्वस्तिका सिरोहियाले उनलाई सम्मानपत्र प्रदान गरे । 

२०१३ सालमा काठमाडौंको पानीपोखरीमा जन्मिएका बास्कोटाको नेपाली संगीतमा निरन्तर योगदान छ ।

उनले थुप्रै लोकप्रिय गीतमा स्वर तथा संगीत भरेका छन् । उनले ३ सय ५५ भन्दा बढी चेपाली चलचित्र र दुई हजारभन्दा बढी नेपाली आधुनिक गीत, लोकगीत र भजनमा संगीत दिएका छन् ।

रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजित कार्यक्रममा १४ विधामा अवार्ड घोषणा भइसकेको छ । 

Shambhujit Baskota's long sadhana honor of 'NMA 2081'

(06:03 PM)

पिपुल्स च्वाइस अवार्ड सुशान्त केसीलाई

‘नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा पिपुल्स च्वाइस अवार्ड सुशान्त केसीले प्राप्त गरेका छन् । उनले गीत ‘बार्दली’बाट पिपुल्स च्वाइस अवार्ड प्राप्त गरेका हुन् । यही कार्यक्रममा केसीले केहीबेरअघि उत्कृष्ट पप गायकको अवार्ड प्राप्त गरेका थिए । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा योसँगै १४ विधामा अवार्ड घोषणा कार्यक्रम भएको छ । 

People's Choice Award to Sushant KC

(05:21 PM)

उत्कृष्ट पप गायकको अवार्ड सुशान्त केसीलाई

‘नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट पप गायकको अवार्ड सुशान्त केसीले प्राप्त गरेका छन् । उनले गीत ‘बार्दली’बाट उत्कृष्ट पप गायकको अवार्ड प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

Best Pop Singer award goes to Sushant KC

(05:17 PM)

उत्कृष्ट पप गायिकाको अवार्ड त्रिशला गुरुङलाई

‘नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ बाट उत्कृष्ट पप गायिकाको अवार्ड त्रिशला गुरुङले प्राप्त गरेकी छन् । उनले गीत ‘विच भाइब्स’मार्फत् उत्कृष्ट पप गायिकाको अवार्ड प्राप्त गरेकी हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

Best Pop Singer Award to Trishala Gurung

(04:52 PM)

उत्कृष्ट हिपहप एण्ड आरएनबीको अवार्ड ब्रिजेश श्रेष्ठलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट हिपहप एण्ड आरएनबीको अवार्ड ब्रिजेश श्रेष्ठले प्राप्त गरेका छन् । उनले गीत ‘मुटुमै बसेर’बाट उत्कृष्ट हिपहप एण्ड आरएनबीको अवार्ड प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । यो विधामा भने रेडियो कान्तिपुरले पहिलो पटक अवार्ड दिएको हो ।

(04:44 PM)

उत्कृष्ट ब्याण्डको अवार्ड कुम: सागर एन्ड द ख्वप ब्यान्डलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट ब्यान्डको अवार्ड कुम: सागर एन्ड द ख्वप ब्यान्डले प्राप्त गरेको छ । कुम: सागर पछिल्लो समय युवापुस्ताका लोकप्रिय गायक हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

The best band award goes to Kuma Sagar and the Khwap Band

(04:21 PM)

उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइलीलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट संगीत निर्देशकको अवार्ड सञ्जीव बराइलीले प्राप्त गरेका छन् । उनले गीत ‘चुपचाप’बाट उत्कृष्ट संगीत निर्देशकको अवार्ड प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

Best Music Director Award to Sanjeev Bareilly

(04:15 PM)

उत्कृष्ट पार्श्व गायिकाको अवार्ड समीक्षा अधिकारीलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट पार्श्व गायिकाको अवार्ड समीक्षाा अधिकारीले प्राप्त गरेकी छन् । उनले फिल्म ‘बोक्सीको घर’को गीत ’बुझिनँ मैले’बाट उत्कृष्ट पार्श्व् गायिकाको अवार्ड जितेकी हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

Best Playback Singer Award to Review Officer

(04:12 PM)

उत्कृष्ट पार्श्व गायकको अवार्ड एसडी योगीलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट पार्श्व गायकको अवार्ड एसडी योगीले प्राप्त गरेका छन् । उनले फिल्म ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’बाट उक्त अवार्ड प्राप्त गरेका हुन् ।  रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

(04:05 PM)

उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट आधुनिक गायकको अवार्ड शिव परियारले प्राप्त गरेका छन् । उनले गीत ‘चुपचाप’बाट उत्कृष्ट गायकको अवार्ड प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

Best Modern Singer Award to Shiv Pariyar

(03:58 PM)

उत्कृष्ट आधुनिक गायिकाको अवार्ड टीका प्रसाईंलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट आधुनिक गायिकाको अवार्ड टीका प्रसाईंले प्राप्त गरेकी छन् । उनले गीत ‘ए जिन्दगी’बाट उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकी हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

 

Best Modern Singer Award to Tika Prasai

(03:54 PM)

उत्कृष्ट रचनाकारको अवार्ड भुषण खरेललाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट रचनाकारको अवार्ड भुषण खरेलले प्राप्त गरेका छन् । उनले गीत ‘जान्छौ भने’बाट उत्कृष्ट रचनाकारको अवार्ड प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

Best Composer Award to Bhushan Kharel

(03:46 PM)

उत्कृष्ट लोक गायकको अवार्ड प्रकाश दुतराजलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट लोक गायकको अवार्ड प्रकाश दुतराजले प्राप्त गरेका छन् । उनले गीत ‘करिम’बाट उत्कृष्ट लोकगायकको अवार्ड प्राप्त गरेका हुन् । रेडियो कान्तिपुरले गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरेको कार्यक्रममा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

(03:36 PM)

उत्कृष्ट लोक गायिकाको अवार्ड शान्ति श्री परियारलाई

नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ मा उत्कृष्ट लोक गायिकाको अवार्ड गीतशान्ति श्री परियारले प्राप्त गरेकी छन् । गीत ‘तिमी र म जाम माया’बाट उनले यो अवार्ड प्राप्त गरेकी हुन् । गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा १४ विधामा अवार्ड घोषणा कार्यक्रम भइरहेको छ । 

(03:34 PM)

‘नेसनल म्युजिक अवार्ड्स' : उत्कृष्ट नवगायकको अवार्ड आरसी रिमाललाई

‘नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१’ बाट उत्कृष्ट नवगायकको अवार्ड गायक आरसी रिमालले प्राप्त गरेका छन् । उनले गीत ‘जे हुनु थियो भइसक्यो’बाट उत्कृष्ट नवगायकको अवार्ड उचालेका हुन् । आज गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको कार्यक्रममा उनले अवार्ड उचालेका हुन् । अवार्डको आयोजना रेडियो कान्तिपुरले गरेको हो ।

कान्तिपुर

Link copied successfully