‘जाने भए जाम माया’मा गुराँस र सिसन

असार २५, २०८२

कान्तिपुर संवाददाता

Gurans and Sisson in 'Jane Bhe Jam Maya'

काठमाडौँ — गुराँस नानीसँगको सहकार्यले चर्चामा रहेको दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत बुधबार सार्वजनिक भएको छ ।

'जाने भए जाम माया'बोलको यो गीत दुर्गेशले आफ्नो युट्युब च्यानलमा सार्वजनिक गरेका छन् । 

८ मिनेट लामो यो गीतलाई दुर्गेश र सिसनसँगै अल्हाजी जेरोले गाएका हुन् । दुर्गेशको शब्द संगीत रहेको यो गीतको भिडियोमा तीन गायकसँगै गुराँस नानीको अभिनय छ । गीतको भिडियोमा दुर्गेश, सिसन गुराँस नानीलाई फकाउने पक्षमा देखिन्छन् ।

गीतको भिडियोमा खेतका आलीदेखि डिस्कोका दृश्य समेटिएका छन् । हरि हुमागाईंले खिचेको यो गीतलाई शिव विकले निर्देशन गरेका हुन् । मिलन विश्वकर्माको रंग संयोजन र सम्पादन रहेको यो गीतमा निर्देशक शिवकै कोरियोग्राफी छ ।

सिसन र दुर्गेशले गुराँस नानीसँग भिडियोमा सहकार्य गर्ने विषयले प्रतीक्षित बनेको यो गीत सार्वजनिक भएको तीन घण्टामै एक लाख पटकभन्दा बढी हेरिएको छ । 

कान्तिपुर

Link copied successfully