काठमाडौँ — अहिले बलिउड फिल्म 'मेट्रो इन दिनो' प्रदर्शनको तयारीमा छ । सन् २००७ को 'लाइफ इन अ मेट्रो'को यो सिक्वेल दर्शकबीच प्रतिक्षित पनि छ । प्रदर्शन नजिकिँदै जाँदा यतिखेर दिवंगत कलाकार इरफान खान चर्चामा छन् ।
कारण यो फिल्मसँग उनको पनि सम्बन्ध जोडिएको छ । खासमा इरफान 'लाइफ इन अ मेट्रो'मा रुचाइएको एक पात्र हो । निर्देशक अनुराग बासुकहाँ यसको सिक्वेल बनाउनुपर्छ भन्दै इरफान नै पुगेका थिए । त्यसैले पनि अहिले फिल्मको सिक्वेल इरफानकै कारण बनेको भन्दै निर्देशक बासुले अन्तर्वार्तामा सुनाएपछि उनको चर्चा चुलिएको हो ।
'जग्गा जासुस गरिसकेपछि इरफान र म कुरा गर्दै थियौं । त्यतिबेलै उसले मेट्रो २ बनाउँ न भनेर भन्यो । यो खासमा लाइफ इन अ मेट्रो बनाइसकेपछिको कुरा होइन । धेरै वर्ष पछाडिको एक बसाईमा उसले नै सिक्वेल बनाउनुपर्छ भनेको थियो । खासमा सिक्वेलको बिउ इरफानले नै रोपेको हो, 'हालै अनुरागले भारतीय संचारमाध्यमलाई भनेका थिए । 'मेट्रो इन दिनो' प्रेम, एक्लोपना अनि शहरीया जनजीवनसँग जोडिएको फिल्म हो ।
यो फिल्म असार २० देखि प्रदर्शनमा आउँदैछ ।
