सय करोड क्लबमा ‘सितारे जमिन पर’

असार १५, २०८२

कान्तिपुर संवाददाता

”Stars on the ground” in the 100 million club

काठमाडौँ — आमिर खान अभिनीत फिल्म ‘सितारे जमिन पर’ ले शनिबारसम्म बक्स अफिसमा १०८.३० करोड रुपैयाँको कारोबार गरेको छ ।

अभिनेता आमिर खान फिल्म 'लाल सिंह चड्डा' को असफलतापछि फिल्मी दुनियाँबाट केही समय टाढिएका थिए ।

'सितारे जमिन पर'मार्फत कमब्याक गरेका आमिरका लागि यो फिल्मले नयाँ आशा थपिदिएको छ ।

जुन २० मा रिलिज भएको यो फिल्मले पहिलो दिनमै १०.७ करोड रुपैयाँको व्यापार गरेको थियो । दोस्रो दिनदेखि नै फिल्मको कमाइमा उल्लेखनीय वृद्धि देखिएको छ ।

चलचित्रले पहिलो सातामा ८८.९ करोड रुपैयाँ कमाएको थियो । शुक्रबारको कमाइ ६.६५ करोड रुपैयाँ थियो । शनिबार १२.७५ करोड रुपैयाँ कमाएको थियो । आइतबारको सार्वजनिक बिदामा फिल्मको व्यापार राम्रो हुने अनुमान गरिएको छ । 

फिल्मको निर्देशन आर एस प्रसन्नाले गरेका हुन् । आमिर खानसँगै मुख्य भूमिकामा जेनेलिया देशमुख देखिएकी छन् । 

कान्तिपुर

Link copied successfully