काठमाडौँ — ‘यो मन त मेरो नेपाली हो’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार-संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्ष देखाइएको छ ।
फिल्मले नेपाली भाषा, साहित्य, कला, यसको इतिहासलाई उजागर गरेको निर्देशक मित्र प्रधानले बताए ।
असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ ।
