एकदेव लिम्बू र नेहा कक्करको स्वरमा 'झिम झिम' 

असार १३, २०८२

कान्तिपुर संवाददाता

'Jhim Jhim' in the voice of Ekdev Limbu and Neha Kakkar

काठमाडौँ — एकदेव लिम्बूको गीत 'झिम झिम'को हिन्दी रिमेक युट्युबमा सार्वजनिक भएको छ । यो गीतमा एकदेवसँगै चर्चित भारतीय गायिका नेहा कक्करको पनि स्वर समावेश छ । 

नेहाले गीतको चर्चित अन्तरा, 'मृग नयनी…'लाई नेपाली भाषामै गाएकी छन् ।  त्यस्तै गीतका अन्य अन्तरालाई हिन्दीमै एकदेवले गाएका छन् ।  'झिम झिम'बोलको स्थायीलाई भने नेपाली भाषामै समेटिएको छ । नेहाले पनि यो स्थायीलाई नेपाली शब्दमै गाएकी छन् । प्लेडिएफएफ नामक युट्युबबाट सार्वजनिक गरेको गीतमा रजत नागपालको संगीत छ ।

गीतका शब्द एकदेवसँगै राना सोतालले मिलेर लेखेका हुन् । स्नेहा सेट्टी कोलीले निर्देशन गरेको गीतको भिडियोमा कलाकार ऋतविक साहोरे र अभिनेत्री प्रिया वारियरको अभिनय छ । गीतको भिडियोमा यी दुई कलाकारले यस्ता चरित्रमा अभिनय गरेका छन्, जो विवाह हुँदै गरेको समारोहमा भेटिएका छन् ।

यसअघि सुशान्त केसीको  'बार्दली'बोलको गीतको हिन्दी रिमेक गरिएको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully