काठमाडौँ — टेकुस्थित कथाघेरा(कौसी) थिएटरमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । राजिव जोसेफको नाटक 'ग्रुसस प्लेग्राउन्ड इन्जरिज'को नेपाली रुपान्तरणलाई रंगकर्मी आकांक्षा कार्कीले गरेकी हुन् ।
यो नाटकमा दुई किशोर किशोरी आफ्ना चोटहरुमार्फत कसरी नजिकिन्छन् ? अनि ती घाउहरुले दुईबीच कति वर्षको सम्बन्ध स्थापना गरिदिन्छ भन्ने कथा प्रस्तुत गरिएको छ । निरन्तर रंगमञ्चमा मञ्चन हुने नाटकबीच 'सिकरुम' बेग्लै स्वाद बोकेर कथाघेरा आइपुगेको छ । यो नाटकमा चार कलाकारको अभिनय छ । निर्देशक आकांक्षासँगै कलाकार सुदाम सिके, अभिषेक खड्का र नुर खनाल मञ्चमा देखिने कलाकारहरु हुन् ।
असार ६ देखि सुरु भएको यो नाटक असार २८ सम्म मञ्चन हुनेछ । नाटकमा नरेश गजुरेलको संगीत छ । यसअघि कथाघेराले 'भजाइना मोनोलग', 'दयालु रुख', 'अइया माया', 'सेम टाइम नेक्स्ट इयर', 'पाँच', 'प्राइभेट इज पोलिटिकल', 'हरेक बबाल कुरा', 'एनिमल फार्म', 'धुमधामको घुमघामलगाय तका थुप्रै नाटक निर्माण गरिसकेको छ ।
