संगीत दिवसमा काठमाडौंमा थारू कलाकारको प्रस्तुति, झुमे दर्शक

असार ८, २०८२

कान्तिपुर संवाददाता

Performance of Tharu artists in Kathmandu on Music Day, Jhume audience

काठमाडौँ — विश्व संगीत दिवसका अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित धमाकेदार प्रस्तुति दिएका छन् ।

राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आ-आफ्नो ठाउँ विशेषका प्रस्तुति दिएका हुन् ।

Performance of Tharu artists in Kathmandu on Music Day, Jhume audienceकार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गरेका थिए । चौधरीले पहिचानका लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे । कार्यक्रममा चार जना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully