एआईजी कार्कीको नयाँ गीत ‘गुन्यु चोली पटुकी’

असार १, २०८२

कान्तिपुर संवाददाता

AIG Karki's New Song 'Gunyu Choli Patuki'

काठमाडौँ — एआईजी दानबहादुर कार्कीको शब्द रहेको नयाँ गीत ‘गुन्यु चोली पटुकी’ सार्वजनिक भएको छ।

वसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार आन्भी ओलीले अभिनय गरेकी छन् ।

नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए । 

‘गुन्यु, चोलो र पटुकी नेपाली संस्कृति र भेषभुषाका अभिन्न अंग हुन्,’ एआईजी कार्कीले भने, ‘हाम्रो यो संस्कृति नयाँ आउने पुस्ताले बिर्सिदै जाला कि भन्ने अवस्थामा यो गीत लेखिएको हो ।’

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको यो गीतको भिडियो निर्देशन किरन थापाले गरेका हुन् ।

एआइजी कार्कीले अघिल्लो वर्ष प्रहरीको प्रवक्ता हुँदा ‘दसैँ–तिहार’ बोलको मार्मिक गीत सार्वजनिक गरेका थिए । 

कान्तिपुर

Link copied successfully