हलमा लाग्यो - 'महाभोज'

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Held in the hall - 'Mahabhoj'

काठमाडौँ — दिनेश राउत निर्देशित फिल्म 'महाभोज' प्रदर्शनमा आएको छ । यसअघि जेठ १५ मा प्रदर्शन गर्ने भनिएको फिल्म विभिन्न आन्दोलनले गर्दा स्थगन गरिएको थियो । सहकारी पीडितको कथा समावेश गरिएको यो फिल्म जेठ ३० बाट देशभर प्रदर्शनमा आएको हो ।

यो फिल्ममा अभिनेता आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अन्जना बराइली, गौमाया गुरुङ र मलिका महतको अभिनय छ । यो फिल्मको 'लालुमै' गीत दर्शकबीच चर्चित छ । यसअघि निर्देशक राउतले 'पुजार सार्की' निर्देशन गरेका थिए ।

यसअघि विशेष प्रदर्शनबीच यो फिल्म हेरिसकेपछि वास्तविक सहकारी पीडितले 'महाभोज'ले उठाएको विषयवस्तु तथ्यपरक रहेको भन्दै प्रशंसा गरेका थिए । फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । किरण नेपाली फिल्मको कार्यकारी निर्माता हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully