काठमाडौँ — चर्चित वेभसिरिज ‘पञ्चायत’ सिजन ४ अहिले यसअघिका शृङ्खला हेरिसकेका दर्शकका लागि बहुप्रतिक्षित छ ।
अब ‘पञ्चायत’को प्रतीक्षा पूरा हुने भएको छ । ‘पञ्चायत’को नयाँ शृङ्खला रिलिजको नजिक छ । हालैमात्र यसको ट्रेलर सार्वजनिक भएको छ । यस पटकको कथा फुलेरा गाउँमा प्रधानको चुनावी माहोल वरिपरी घुमिरहन्छ । कथामा मन्जू देवी र क्रान्ति देवी बीच राजनीतिक द्वन्द्व देख्न सकिन्छ ।
शृङ्खलाको ट्रेलरमा सचिव जी (जीतेन्द्र कुमार) को पिटाइ, बनराकसको समोसा चट्नीमा ध्यान र रिंकि-सचिवजी बीचको रोमाञ्चको झलक देख्न सकिन्छ । यो सिजनलाई द भाइरल फिवरले प्रोड्युस गरेको छ । सिरिजलाई दीपक कुमार मिश्रा र चन्दन कुमारले सयुक्त रुपमा निर्माण गरेका छन् ।
कथाको स्क्रिप्ट चन्दन कुमारले लेखेका छन् र निर्देशन दीपक कुमार मिश्रा र अक्षत विजयवर्गीयले गरेका छन् । ‘पञ्चायत’को मुख्य कलाकारहरूमा जीतेन्द्र कुमार, नीना गुप्ता, रघुबीर यादव, फैसल मलिक, चन्दन रॉय, सान्विका, दुर्गेश कुमार, सुनीता राजवार र पंकज झा लगायत छन् ।
नयाँ सिजन २४ जुनदेखि अमेज़न प्राइम भिडियोमा स्ट्रिम हुनेछ। यो सिजन पहिले २ जुलाईमा रिलिज हुने तय थियो । तर दर्शकहरूको ठूलो मागलाई ध्यानमा राख्दै यो एक हप्ता अघि रिलिज गर्न निर्णय गरिएको हो । सिजन ४ मा धेरै रोचक र अप्रत्याशित क्लाइमेक्सहरू भएको अनुमान गर्न सकिन्छ ।
