'जहाजैमा' बन्ने

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

Being 'everywhere'

काठमाडौँ — निर्देशक कृषा चौलागाईंको निर्देशनमा 'जहाजैमा' बन्ने भएको छ । हालै कृषाले जापानमा यूएनए प्रोडक्सनको ब्यानरसँग सहकार्य तय गरेकी हुन् । निर्माण टिमले फिल्मको थिम पोस्टरसमेत सार्वजनिक गरेको छ, जहाँ एक पात्र जहाजतर्फ अगाडि बढिरहेको देखिन्छ । 

उज्ज्वल गुरागाईंको निर्माणमा तयार हुने यो फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । यसअघि पुरुषोत्तमले नै कृषाको 'ऐंचो पैंचो' र 'पिताम्बर' खिचेका थिए । सन् २०२६ मा प्रदर्शन गर्ने तयारी रहेको यो फिल्म भदौबाट छायांकन जानेछ ।

नेपाल, जापान र फिलिपिन्समा फिल्म खिचिनेछ । कृषा यो फिल्म लगत्तै 'पिताम्बर २'को निर्देशनमा लाग्नेछिन् । फिल्ममा को-को कलाकार आबद्ध छन् भन्ने खुलाइएको छैन ।   

कान्तिपुर

Link copied successfully