काठमाडौँ — राज बहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्म 'सिटामोल'को पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको तीन पोस्टरमा फिल्ममा मुख्य कलाकारहरु सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली अटाएका छन् ।
साउन २३ बाट प्रदर्शनमा आउने यो फिल्ममा सौगात, बेनिशासँगै अन्य कालकार लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेललगायतको अभिनय छ ।
फिल्ममा आम नेपालीको जनजीवन र परापुर्वकालदेखि नेपाली समाजमा जरा गाड्दै आएको समस्यालाई समेटिएको बताइएको छ । यो फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, मुकेश शाहको ध्वनी, निर्देशन देव महर्जन र शंकर महर्जनको द्वन्द्व छ ।
