काठमाडौँ — असोज ३ देखि प्रदर्शनमा आउने फिल्म 'सोल्टिनी'को नयाँ गीत सार्वजनिक भएको छ । प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको आवाजमा फिल्मको 'सत्य जुगैको'बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
गीतको शब्द प्रशान्त सिवाकोटीले लेखेका हुन् । गीतमा भुपेन राजवंशीको रेकर्डिङ, पोसन घर्ती मगरको मादर, विश्व अधिकारीको गीतार, नगरेन्द्र राईको बाँसुरी, हेमन्त कान्छा रसाइलीको सारङ्गी छ ।
मारुनी शैलीको यो गीतको भिडियोमा कलाकारहरु प्रकाश सपुत, परिक्षा लिम्बू, सुन्दर धितालको अभिनय छ । यो फिल्ममा उनीहरुसँगै कलाकार विल्सन विक्रम राई, सबु गुरुङ, प्रेम सुब्बा, रवीन्द्र झा, प्रकाश घिमिरे, कविता आलेलगायतको अभिनय छ । अर्जुन सुवेदीको निर्देशन रहेको यो फिल्मलाई निर्देशक सुवेदी र कुमार भट्टराईले मिलेर लेखेका हुन् ।
निमेष श्रेष्ठले सम्पादन गर्ने यो फिल्मलाई सिनिमेटोग्राफर सुशान्त प्रजापतिले खिचेका हुन् । फिल्ममा हर्कुलस बस्ने र प्रशान्त सिवाकोटीको संगीत, कृष्ण भण्डारीको रंग संयोजन, आदित्य मिश्रको कला छ ।
