काठमाडौँ — अक्षय कुमार स्टारर फिल्म ‘हाउसफूल ५’ले रिलिजको तेस्रो दिनमा ३५ करोड रुपैयाँ कमाएको छ ।
फिल्मको तीन दिनको कलेक्सन ९१ करोडभन्दा माथि पुगेको छ । फिल्मले पहिलो दिन २४ करोड र दोस्रो दिन ३२ करोड कमाएको छ ।
अघिल्ला शृङ्खलाहरू लोकप्रिय भएकाले यो फिल्म दर्शकहरूका निम्ति बहुप्रतिक्षित थियो ।
कमेडी विधाको यो फिल्म सन् २०२५ मा सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्महरूको सूचीको अग्रस्थानमा पर्न सक्ने विश्लेषकहरूको अनुमान छ ।
यो फिल्मको रोचक पाटोचाहिँ निर्माण टिमले यसपटक दुई फरक क्लाइमेक्ससाथ फिल्म रिलिज गर्यो । जसले दर्शकहरूमा थप कौतुलहता भरिदियो ।
फिल्ममा अक्षय कुमारसहित अभिषेक बच्चन, नरगिस फाखरी, ज्याकलिन फर्नान्डिज, रितेश देशमुख, संजय दत्त, ज्याकी श्राफसहित १९ कलाकारहरूको महत्त्वपूर्ण भूमिका छ ।
फिल्म ५ हजारभन्दा बढी स्क्रिनहरूमा रिलिज गरिएको थियो ।
