काठमाडौँ — जेठ २३ बाट प्रदर्शनमा आएको फिल्म 'जन्ते बाख्रो'ले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । शुक्रबार र शनिबार हल पुग्दा कलाकारसहितको निर्माण टिमले फिल्मको सकारात्मक प्रतिक्रिया बटुलेको हो ।
सिमोस सुनुवार निर्देशित यो फिल्ममा सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य अभिनय छ ।
प्रदीप भारद्वाजको लेखनमा तयार भएको यो फिल्ममा अभिनेता सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमको अभिनय छ ।
फिल्मले हराउँदै गएको जन्ती परम्परा, टपरी-दुनामा भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई कथामा समावेश गरेको छ । मुइन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्ममा उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन छ ।
