काठमाडौँ — चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना चुनिएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न साधारणसभाले तिमल्सेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । ‘फिक्सन’ नेपाल पत्रकार महासंघमा आबद्ध एसोसियट संस्था पनि हो ।
पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीको उपस्थितिमा सम्पन्न साधारणसभाले उपाध्यक्षमा रीना मोक्तान, अनिल यादव र प्रदीप कार्कीलाई चयन गरेको छ ।
त्यस्तै महासचिवमा प्रभाकर गौतम र सचिवहरूमा नरेश फुयाँल र लक्ष्मी बलायर चुनिएका छन् । कोषाध्यक्षमा समर्पण श्री चुनिँदा कार्यसमिति सदस्यमा सुशीला तामाङ, संगीता गिरी, अभिमन्यु दिक्षित, प्रशुन संग्रौला र श्रीजु सरल सर्वसम्मत भएका छन् ।
