‘पिके २’ मा रणवीरको चर्चा

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Talks about Ranbir in 'PK 2'

काठमाडौँ — अभिनेता रणवीर कपुर ‘एनिमल’ पछि अर्को फिल्मको तयारीमा छन् । यद्यपि उनले पहिले नै नितेश तिवारीको ‘रामायण’को काम गरिसकेका थिए ।

उक्त फिल्म आगामी सन् २०२६ को तिहारमा रिलिज हुनेछ । त्यस अघि उनको फिल्म ‘लभ एण्ड वार’ रिलिज हुनेछ । केही दिनअघि मात्रै उनी ‘धूम ४’मा पनि देखिने चर्चा थियो । 

यतिबेला रणवीरसँग थुप्रै फिल्म पाइपलाइनमा छन् । तय भएका सबै फिल्महरूपछि उनले ‘एनिमल पार्क’मा काम गर्नेछन् । यसबीच रणवीर आमिर खानसँग पनि सहकार्य गर्ने चर्चा छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आमिर खान, राजकुमार हिरानी र अभिजीत जोशीले ‘पिके २’को प्लटमा काम गरिरहेका छन् । यो फिल्ममा रणवीर पनि जोडिने सम्भावना छ । उनीहरूले दादा साहेब फाल्केको बयोपिकपछि यो फिल्ममा काम सुरु गर्ने अनुमान छ ।

रणवीर पिकेको पहिलो भागमा गेस्ट अपियरेन्समा थिए । दोस्रो भागमा भने उनको भूमिका थप महत्वपूर्ण हुने जनाइएको छ । रणवीर पनि एलियनको भूमिकामा काम गर्न उत्साहित भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

०१४ मा रिलिज भएको फिल्म ‘पिके’ले विश्वभरबाट ७ सय ९२ करोडको व्यापार गरेको थियो । फिल्मको पहिलो भागमा अनुष्का शर्मा पनि देखिएकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully