'द ब्लु लाइट'को शुभमुहूर्त

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

The auspicious occasion of 'The Blue Light'

काठमाडौँ — २० दिनको छायांकन तालिकासहित फिल्म 'द ब्लु लाइट'को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिमले २२ गतेबाट फिल्मको छायांकन थाल्ने जनाएको छ । 

बलिराम चौहानले फिल्मलाई निर्देशन गर्दै छन् । उनी प्रदर्शनको तयारीमा रहेको फिल्म 'बलिदान'को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । यो फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीको अभिनय रहनेछ  । स्काइफल पिक्चर्सको प्रस्तुति रxने फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।

फिल्मलाई सन् २०२५ भित्रै प्रदर्शन गर्ने तयारी छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully