लस एन्जलसको ‘हाउस अफ ब्लुज'मा गुन्जियो नेपथ्य

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Sounded at the 'House of Blues' in Los Angeles

काठमाडौँ — रकब्यान्ड नेपथ्यले लस एन्जलसमा प्रस्तुति दिएको छ । एनहायमस्थित ‘हाउस अफ ब्लुज’ हलमा सोमबार ८ बजेबाट सुरु भएको कन्सर्टमा ब्यान्ड दुई घण्टासम्म गुन्जियो ।   

नेपथ्यले अमेरिका यात्रामा गत वर्ष मात्र डेढ महिना लामो प्रस्तुतिका क्रममा सानफ्रान्सिस्कोमा प्रस्तुति दिएको थियो । यसअघि सन् २०१६ मा ब्यान्ड यहाँ प्रस्तुत भएको थियो ।

गायक अमृत गुरुङले गीतसँगै विभिन्न प्रसंग रोचक ढंगले सुनाए । कन्सर्टमा संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम पनि सहभागी थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी पौडी खेलाडी सोफिया शाह पनि कन्सर्टमा उपस्थित थिइन् ।

‘कोशीको पानी’बाट भएको कन्सर्टको सुरुवात ‘रातो र चन्द्रसूर्जे’बाट टुंगियो । कार्यक्रममा भर्खरै सार्वजनिक गरिएको नेपथ्यको गीत ‘कर्नालीका छाइला’पनि गाएर सुनाइएको थियो ।

मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

कान्तिपुर

Link copied successfully