रोकियो ‘महाभोज’

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

”Mahabhoj” stopped

काठमाडौँ — बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को प्रदर्शनका तत्कालका लागि स्थगित भएको छ ।

जेठ १५ गते हुने राजावादी र गणतन्त्रवादीको आन्दोलनका कारण परिस्थिति अनुकूल नभएको भन्दै फिल्म स्थगित गरेको निर्माण टिमले जनाएको छ ।

‘भोलि त बिदाको दिन हो । विदाको दिन पनि आन्दोलन घोषणाको प्रभावले गर्दा चलेको फिल्मको पनि बुकिङ देखिएन । भोलि मान्छेहरू घरबाट निस्कन पनि डराइरहेका छन् । त्यसकारण हामीले स्थगित गरेका हौँ,’ निर्देशक दिनेश राउतले भने ।

फिल्मको नयाँ प्रदर्शन मिति भने टुंगो लागेको छैन । उनले छिट्टै नयाँ रिलिज मिति सार्वजनिक गर्ने बताए ।सहकारी पीडितको कथामाथि बनेको फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आरएन सिग्देल, अञ्जना बराइलीलगायतका कलाकारको मुख्य अभिनय छ । 

कान्तिपुर संवाददाता

Link copied successfully