कार्साङ निर्देशकको नयाँ फिल्ममा दयाहाङ

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Dayahang in Karsang director's new film

काठमाडौँ — फिल्म ‘कार्साङ’का निर्देशकको नयाँ फिल्ममा पनि अभिनेता दयाहाङ राई मुख्य भूमिकामा रहने भएका छन् ।

निर्देशक यम शेर्पाको नयाँ फिल्म‘मिरमिरे’मा दयाहाङ अनुबन्ध भएका हुन् ।

निर्देशक शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष फिल्म रिलिजको घोषणा गरेका थिए ।

फिल्ममा बाँकी कलाकारको लाइनअप भने तयार हुन बाँकी छ । यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्मलाई शेर्पाले नै लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् । 'मिरमिरे’लाई २०८२ मै रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।

कान्तिपुर

Link copied successfully