शिल्पीमा 'लस्ट एन्ड फाउन्ड'

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Shilpi's 'Lost and Found'

काठमाडौँ — बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘लस्ट एन्ड फाउन्ड’को मञ्चन भइरहेको छ ।

पारिवारिक विघटनको संघारबाट फुत्किएर शान्तिको खोजीमा क्यानाडाबाट नेपाल आएको सागर र टुरिस्ट गाइड भूमिबीचको भेटपछि सुरु हुने नाटकले बुद्धकालीन समयतिर पनि पुर्‍याउँछ । यशोधरा र सिद्धार्थबीचको अन्तर्द्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषयमा नाटकको कथा घुमेको छ ।

Shilpi's 'Lost and Found'

पहिलो भेटमै अन्तरंग कुराकानी गर्न सक्ने भएका सागर र भूमिको तितो विगत पनि खुल्दै जान्छ । पारिवारिक सम्बन्धको जटिलतामा गुज्रिएकी भूमि र पत्नीसँगको तनावमा रुमल्लिएको सागरबीचका तर्क-वितर्कले सम्बन्ध र समाजको धेरै आयाम खोतल्छ । आफूलाई स्वतन्त्र राख्न चाहने भूमि पितृसत्ताको प्रताडनाको विरोध गरिरहन्छे भने यशोधरालाई पनि सशक्त रुपमा उभ्याइएको छ । 

Shilpi's 'Lost and Found'

घिमिरे युवराजको लेखन तथा निर्देशन रहेको नाटकमा पवित्रा खड्का (भूमि), सुमित भण्डारी (सागर), गोविन्द ओली (वेटर), सुहाना आचार्य (वेट्रेस) को भूमिकामा छन् । 

नाटक जेठ १७ सम्म मञ्चन हुनेछ ।

कान्तिपुर

Link copied successfully