अब्दुल कलामको कथामा बायोपिक बनाउँदै ‘आदिपुरुष’का निर्देशक

जेष्ठ ८, २०८२

कान्तिपुर संवाददाता

The director of 'Adi Purush' is making a biopic on the story of Abdul Kalam

काठमाडौँ — ‘आदिपुरुष’का निर्देशक ओम राउतले भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा. एपीजे अब्दुल कलामको जीवनीमा आधारित बायोपिक फिल्म बनाउने भएका छन् ।

उनको आगामी फिल्मको नाम ‘कलाम : द मिसाइल म्यान अफ इन्डिया’ हुनेछ । फिल्ममा साउथ सुपरस्टार अभिनेता धनुष हुनेछन् । उनले आगामी फिल्मको टाइटल पोस्टर ७८औं कान फिल्म फेस्टिभलमा सार्वजनिक गरेका हुन् ।

उनले एक्समा पोस्टर सेयर गर्दै लेखेका छन्, ‘रामेश्वरमदेखि राष्ट्रपति भवनसम्म, एक किंवदन्तीको यात्रा सुरु हुँदै छ ।  भारतको मिसाइल म्यान सिल्भर स्क्रिनमा आउँदै छन् । ठूलो सपना देख, उचाइमा उड ।’

पोस्टरमा निलो र कालो थिममा मिसाइल देखाइएको छ । पोस्टर अनुसार धनुष डा. कलामको भूमिकामा देखिनेछन् भने निर्देशन ओम राउत स्वयंले गर्नेछन् ।

फिल्मको निर्माण अभिषेक अग्रवाल, भूषण कुमार, कृष्ण कुमार र अनिल सुनकाराले गर्नेछन् ।

अभिनेता धनुषले पनि यसबारे सामाजिक सञ्जालमा लेखेका छन्, ‘म साँच्चै धन्य महसुस गरिरहेको छु । यति प्रेरणादायक तथा महान नेता डा. एपीजे अब्दुल कलाम सरको जीवनलाई चित्रण गर्न पाउनु निकै गर्वको कुरा हो ।’

कान्तिपुर

Link copied successfully