काठमाडौँ — फिल्म 'गाउँ आएको बाटो' अब बेलायतका हलहरुमा प्रदर्शनमा आउने भएको छ । बेलायतको वितरण कम्पनी अन्डरग्राउन्ड्स्लेटले फिल्मलाई त्यहाँका हलमा प्रदर्शनका लागि वितरण गर्दैछ ।
टोरोन्टो, बुसानजस्ता प्रतिष्ठित फिल्म महोत्सवमा प्रदर्शनमा आएको यो फिल्ममा अभिनेता दयाहाङ राई, पशुपति राई, बालकलाकार प्रसन राईको मुख्य अभिनय छ । यो फिल्ममा गाउँमा विकास पुगेसँगै आएका परिवर्तनहरु देखाइएको छ ।
फिल्मले समीक्षात्मक रुपले सकारात्मक प्रतिक्रिया बटुलेको थियो । 'नुमाफुङ' निर्देशक सुब्बा यतिखेर नयाँ फिल्मको तयारीमा जुटिसकेका छन् ।
