अस्कर कलेजको सहकार्यमा फिल्म ‘काठमाण्डु कोरिडोर’ बन्दै

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Film 'Kathmandu Corridor' is being made in collaboration with Oscar College

काठमाडौँ — अस्कर कलेजबाट दीक्षित विद्यार्थी र कलेजको सहकार्यमा पहिलोपटक फिल्म बन्ने भएको छ ।

मंगलबार कलेजले एक कार्यक्रमम आयोजना गर्दै फिल्मको नाम ‘काठमाण्डु कोरिडोर’ घोषणा गरेको हो । फिल्मलाई सुरज कटुवालले निर्देशन गर्नेछन् । सुरज फिल्म ‘ऊनको स्वीटर’को सह–लेखकसमेत हुन् ।  

मिराज मोसन पिक्चर्सको प्रस्तुति तथा अस्कर कलेज र जुन्को पिक्चर्सको सहकार्य रहने फिल्मको छायांकन जेठको दोस्रो हप्तादेखि सुरू हुने सिनेमेटोग्राफर तथा निर्माता उज्जल बस्ताकोटीले बताए ।

उनी कान्समा अवार्ड जितेको सर्ट फिल्म लोरी, चिसो एस्ट्रे र पाकिस्तानी फिल्म याज्मिनस् एलिमेन्टजस्ता फिल्मका सिनेमेटोग्राफर हुन् । फिल्ममा शान्तिदूत पाण्डे, अञ्जसा रिजाल, गुड्डु, योगेन्द्र राना, इन्दु लम्साल, नुसा लिम्बु,  दिपक केसी,  सुदन पोखरेल, निरु खड्का, सुवर्ण थापा, सुचित्रा उप्रेती, शाश्वत पाण्डेलगायत कलाकारको अभिनय रहने छ । 

शर्मिला आलेको सहलेखनमा बन्ने फिल्ममा कृष्ण भण्डारीले सम्पादनको भूमिका निर्वाह गर्नेछन् । सुदाम सिके फिल्मको कास्टिङ निर्देशक रहनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully