काठमाडौँ — 'द ब्ल्यू लाइट' शीर्षकमा फिल्म बन्ने भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टोलीले फिल्म बन्ने घोषणा गरेको हो ।
फिल्मलाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहानद्वारा लिखित ‘बलिदान’ प्रदर्शनमा आउन बाँकी छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् । निर्माण टोलीका अनुसार फिल्म सन् २०२५ भित्रै प्रदर्शन गर्ने तयारी छ ।
निर्माण टोली चाँडै कलाकार सार्वजनिक गर्ने तयारीमा छन् । 'हामी विस्तारै चलचित्रबारे थप जानकारी दिँदै जानेछौं । कलाकारका लागि पनि केहीसँग कुरा भइरहेको छ, फाइनल भएपछि जानकारी दिन आउने छौं,' निर्देशक चौहानले भने, 'अहिले बनारमा नाम चलेका प्रमुख कलाकारहरू नै हाम्रो सिनेमामा हुनुहुनेछ ।'
