नेपालमा इजरायली फिल्म ‘ह्वेन क्लाउड्स फल’को छायाङ्कन सकियो

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

The shooting of the Israeli film 'When Clouds Fall' has been completed in Nepal

काठमाडौँ — इजरायली फिल्म ‘ह्वेन क्लाउड्स फल’को नेपालमा एक महिना लामो छायाङ्कन सकिएको छ ।

सोमबार काठमाडौंको इन्द्रचोकबाट छायाङ्कन समापन गरिएको फिल्मको नेपालबाट निर्माण कम्पनी आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले जानकारी दिए । ‘यसअघि फिल्मको मनाङमा १४ दिन र पोखरामा १४ दिन छायाङ्कन गरिएको थियो । इजरायली टिमसँगको सहकार्य निकै रोचक भयो,’ पोखरेलले भने ।  

इजरायली र नेपाली पात्रहरुको कथामा आधारित फिल्ममा अधिकांश दृश्य नेपालमै खिचिएका छन् ।

फिल्ममा इजरायलका चर्चित अभिनेता एलोनसँग नेपालकी अभिनेत्री मेनुका प्रधान र डेब्यू कलाकार रिकेन परियारको मुख्य अभिनय छ ।

फिल्मलाई केहात फिन्केल र मातान पोर्टनोयले संयुक्त निर्देशन गरेका छन् । फिल्ममा डेनिलय मिलरको सिनेमाटोग्राफी छ ।

आइसफल प्रोडक्सनले यसअघि ‘बेबी’, मोस्ट वान्टेड, जापनिज फिल्म एभरेस्ट समिट अफ द गड्स, फ्रेन्ज फिल्म द क्लाइम्ब र हाइवे टु धम्पुस लगायतका विदेशी फिल्महरूको नेपालमा निर्माण व्यवस्थापन गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully