'जनै हराएको बाहुन : सम्बन्धका धागाहरू' भदौ ६ मा

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

'Janai Ribidi Bahun: Threads of Relationship' on August 6

काठमाडौँ — फिल्म  'जनै हराएको बाहुन : सम्बन्धका धागाहरू' भदौ ६ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले हालै फिल्मको प्रदर्शन तय गरेको हो । अहिले फिल्म पोस्ट प्रोडक्सनमा छ । 

हिमाल न्यौपानेले निर्देशन गरेको यो फिल्मलाई काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको हो । गाउँदेखि सहर आएका एक व्यक्तिले भोग्नुपरेका कथामाथि यो फिल्म बनेको निर्माण टिमले जनाएको छ ।

यो फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।  

कान्तिपुर

Link copied successfully