काठमाडौँ — बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नयाँ नाटक ‘लस्ट एन्ड फाउन्ड’को मञ्चन सुरु भएको छ। शिल्पीको नयाँ स्वरूपको हल तयार भएपछि मञ्चनमा आएको यो पहिलो नाटक हो।
घिमिरे युवराजको लेखन तथा निर्देशनमा तयार गरिएको उक्त नाटकमा पवित्रा खड्का, सुमित भण्डारी, गोविन्द ओली, सुहाना आचार्य लगायतका कलाकारले अभिनय गरेका छन्।
नाटकको पुस्तक गत वैशाख २० गते विमोचन गरिएको थियो। घिमिरेका यसअघि ‘आँधीको मनोरम नृत्य’ र ‘विमोक्ष’ शीर्षकका नाटकहरू प्रकाशित भइसकेका छन्।
‘लस्ट एन्ड फाउन्ड’ नाटक आगामी १७ गतेसम्म मञ्चन हुने जनाएको छ।
