पहारी र उप्रेतीलाई हरितारा चलचित्र पुरस्कार

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Haritara Movie Awards to Pahari and Upreti

काठमाडौँ — हरितारा चलचित्र पुरस्कार २०८०/०८१ वरिष्ठ अभिनेता टीका पहारी र अभिनेत्री रेजिना उप्रेतीलाई प्रदान गरिएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा परिवर्तन नेपालले उनीहरूलाई पुरस्कार प्रदान गरेको हो ।

मायांका राणा सिरोहियाको सभापतित्वमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा पत्रकार विष्णु सुवेदीलाई हरितारा चलचित्र पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ ।

कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई ‘श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार’ प्रदान गरिएको छ । अभिनेताहरू सविन श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, जेबी रुवाली, गोपाल ढकाल (छन्दे), सुनील कटुवाल र निर्देशक अमर ओलीलाई ‘परिवर्तन नेपाल चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट पुरस्कृत गरिएको छ ।

‘परिवर्तन नेपाल चलचित्र पत्रकारिता सम्मान २०८१’ सञ्चारकर्मी तुलसी गिरी, कृष्ण भुसाल र कमला जोशीलाई प्रदान गरिएको छ । पुरस्कारको निर्णायक परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय थिए । मनोजशमशेर जबरा संरक्षक तथा अध्यक्ष रहेको ‘हरितारा पुरस्कार’ फिल्म क्षेत्रकै पहिलो पुरस्कारका रूपमा स्थापित छ ।

कान्तिपुर

Link copied successfully