३५ दिनमा सकियो 'जनै हराएको बाहुन'को छायांकन

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

The shooting of 'Janai Bahun Bahun' was completed in 35 days

काठमाडौँ — फिल्म 'जनै हराएको बाहुन: सम्बन्धका धागाहरु'को छायांकन सकिएको छ । ललितपुरको च्यासलस्थित पार्टी प्यालेसमा इन्डक्ल्याप गर्दै ३५ दिनमा फिल्मको छायांकन समापन गरेको हो । 

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा फिल्म खिचिएको हो । यो फिल्मलाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशन हो । फिल्ममा आमा र छोराबीचको भावनात्मक कथा समेटिएको निर्देशक न्यौपानेले बताए ।

फिल्ममा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना मगर, गौरव पहाडी, सुशांक मैनालीको अभिनय रहनेछ ।

फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । आगामी तीजमा प्रदर्शन गर्ने तयारी गरिए पनि निर्माण टिमले फिल्मको प्रदर्शन मिति तय गरिसकेको छैन ।

कान्तिपुर संवाददाता

Link copied successfully