हलमा 'जार' र 'ऊनको स्वीटर'

वैशाख २६, २०८२

कान्तिपुर संवाददाता

'Jar' and 'wool sweater' in Hall

काठमाडौँ — आजबाट हलहरूमा दुई फिल्म प्रदर्शनमा आएका छन् । फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको 'जार' र नवीन चौहान निर्देशित 'ऊनको स्वीटर' प्रदर्शनमा आएका हुन् ।

‘ऊनको स्वीटर’मा दर्शकको उपस्थितिले फिल्म क्षेत्रको व्यापारमा पुन: आशा जगाइरहेको छ । हलहरुको ठूलो च्यानल क्यूएफएक्सको शो वितरणमा पनि 'ऊनको स्वीटर'ले अगाडि थियो । 

फिल्मले क्यूएफएक्समा मात्रै २७ शो प्राप्त गरेको छ । त्यस्तै, 'जार'ले भने १४ शो प्राप्त गरेको थियो ।

'ऊनको स्वीटर'मा काफ्ले र गुरुङसेनीबीचको प्रेम देखाइएको छ । फिल्ममा दुई समुदायसँगै सिमानाका कथा पनि जोडिएको छ । फिल्ममा अभिनेता विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका छ । एलेक्स विश्वकर्मा, परीक्षा लिम्बू, सुरज तमुलगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।

'जार' भने कथाकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म हो । यो फिल्ममा गीताञ्जली थापा, सौगात मल्ल र अनुप विक्रम शाहीको अभिनय छ । यी दुवै फिल्मले प्रिमियरबाट सकारात्मक प्रशंसा बटुलेको थियो ।

कान्तिपुर

Link copied successfully