सुहाउँदो र अनुकूल भूमिका पाएकैले चलचित्र अभिनयमा फर्किएँ : अभिनेता हमाल

वैशाख २६, २०८२

रासस

I returned to film acting because I got a suitable and favorable role: Actor Hamal

काठमाडौँ — अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।

चलचित्र ‘नरसिंहा अवतार’ को ट्रेलर सार्वजनिकका अवसरमा उनले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट पारे ।

'मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिए । तर, आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ,' अभिनेता हमालले भने, 'चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएको हुँ ।'

यो चलचित्रले मनोरञ्जनसँगै सामाजिक घटनालाई उजागर गरेको उनले जानकारी दिए ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए ।

‘नरसिंहा अवतार’ जेठ ९ देखि नेपालभर प्रदर्शन हुनेछ ।

रासस

Link copied successfully