काठमाडौँ — फिल्म 'महाराजधिराज' बन्ने भएको छ । हालै यो फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् ।
फिल्ममा वर्षासँगै आर्यन सिग्देल, रमेश उप्रेती र पल शाहको अभिनय रहनेछ । मल्टिस्टारको अभिनय रहने बताइएको यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्दै छन् ।
यसअघि निर्माण टिमले फिल्मको पोस्टरसमेत सार्वजजनिक गरेको थियो । फिल्मलाई आगामी दसैंमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण टिमले जनाएको छ । सेनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
