‘मिस एन्ड मिस्टर नेसनल नेपाल २०२५’ विजेता घोषणा

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

”Miss and Mr. National Nepal 2025” winner announcement

काठमाडौँ — ‘मिस एन्ड मिस्टर नेसनल नेपाल २०२५’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । बुधबार काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगितामा ६ विधामा विजेता घोषित भए ।

दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनलको उपाधि जिते । मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ, मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरी घोषित भए । 

मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बने । फस्ट रनरअप सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेन्ड रनरअप युक्ता सिंह र अजहर आलम भए ।

प्रत्येक विजेताहरुले २ लाख पुरस्कारसहित उपहारहरु हात पारे । सनुर्वी इन्टरनेसनल तथा नेसनल डारेक्टर सन्तोष उपाध्यक्षले पुरस्कार प्रदान गरे ।

महिला र पुरुष मोडल संयुक्त रुपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २७ जना प्रतिस्पर्धी सहभागी थिए । नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य थियो ।

त्यसैगरी, फिनालेमा सबटाइटल राउन्डको विजेता पनि घोषणा गरिएको छ । साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड हात पारे । 

त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ उत्कृष्ट हुँदा सिल्भिया शर्मा मिस इलिगेन्स, मिस्टर एलिगेन्स प्रयाग रेग्मी, मल्टिमिडिया अवार्ड  रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जिते । 

सिद्धार्थ तामाङ र सुम्निमा पुरी मिस्टर एन्ड मिस ट्यालेन्ट भए ।  छेवाङ शेर्पा र सुम्निमा पुरी मिस्टर एन्ड मिस फोटोजेनिक भए । 

वर्षा थापा र छेवाङ शेर्पाले मिस एन्ड मिस्टर हस्पिटालिटी, तामाङ र दीक्षा अवस्थीले मिस्टर एन्ड मिस स्क्रीन अवार्ड हात पारे । सिद्धार्थ बेस्ट हेयरको अवार्ड  मनिश शाह र अनु राई, बेस्ट स्माइल आयुश श्रेष्ठ र अन्जना शेर्पा जिते । 

त्यसैगरी, मिस्टर एन्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एन्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती, मिस्टर एन्ड मिस इन्फ्लुएन्सर साइरस विश्वकर्मा र जुली शाह, मिस एन्ड मिस्टर इम्पावरमेन्ट स्वेच्छा ढकाल र स्पन्दन राई बने । 

प्रतियोगिताको निर्णायकको रुपमा सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, केशु खड्का, सिजल रुपाखेती, प्रिया सिग्देल थिए ।

कान्तिपुर

Link copied successfully