'जार' र 'ऊनको स्वीटर'को बुकिङ खुला

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Bookings open for 'Jar' and 'Wool Sweater'

काठमाडौँ — शुक्रबारदेखि प्रदर्शनमा आउने दुई फिल्मको टिकेट बुकिङ खुला गरिएको छ । वैशाख २६ देखि प्रदर्शनमा आउने 'जार' र 'ऊनको स्वीटर'को बुकिङ खुला गरिएको हो । 

हलहरुको ठूलो च्यानल क्यूएफएक्सको सो वितरण हेर्दा दुईमा 'ऊनको स्वीटर'ले अगाडि देखिन्छ । फिल्मले क्यूएफएक्समा मात्रै २७ सो प्राप्त गरेको छ । त्यस्तै, 'जार'ले १४ सो प्राप्त गरेको छ । नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म 'ऊनको स्वीटर'मा काफ्ले र गुरुङसेनीबीचको प्रेम देखाइएको छ ।

फिल्ममा दुई समूदायसँगै सिमानाका कथा पनि जोडिएको छ । फिल्ममा अभिनेता विपिन कार्की र मिरुना मगरको प्रमुख भूमिका छ । एलेक्स विश्वकर्मा, परिक्षा लिम्बू, सुरज तमुलगायतका कलाकारले पनि फिल्ममा अभिनय गरेका छन् ।

'जार' भने कथाकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म हो । फूर्वा छिरिङ लामाको निर्देशनमा बनेको यो फिल्ममा गीताञ्जली थापा, अभिनेता सौगात मल्ल र अनुप विक्रम शाहीको अभिनय छ । यी दुवै फिल्मले प्रिमियरबाट सकारात्मक प्रशंसा बटुलेको थियो । यी दुई फिल्मले दर्शकबाट कस्तो प्रतिक्रिया पाउलान् ? शुक्रबारपछि नै थाहा हुनेछ ।

कान्तिपुर

Link copied successfully