'नेपाल म्यूजिक फेस्टिभल' हुँदै

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Through 'Nepal Music Festival'

काठमाडौँ — जेठ २३ मा साउदी अरवियाको जुबेलमा 'नेपाल म्यूजिक फेस्टिभल' आयोजना हुँदैछ । के आई ग्रुपले नेपाली कला संस्कृतिको  उत्थानका लागि यो सांगेतिक कार्यक्रम आयोजना गर्न लागेको हो । 

यो कार्यक्रममा कलाकारहरु रचना रिमाल, प्रिती आले, प्रकाश दुतराज, नोगेंन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिमको गायन प्रस्तुतिसँगै प्रिती पासवान नृत्य रहनेछ । कार्यक्रमलाई देव धिमालले संयोजन गर्दैछन् ।

पाँचथर जिल्ला हिलिहाङ्ग गाउँपालिकाको यवा मार्ग सहयोगार्थ यो कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully